भोपाल ग्यास काण्ड सम्वन्धी चौध वर्ष पुरानो मुद्दाको पुनः सुनुवाई गर्न सीबीआइले गरेको माग भारतको सर्वाच्च अदालतद्वारा अस्वीकार

भारतको सर्वोच्च अदालतले भोपाल ग्यास काण्ड सम्बन्धी मुद्धा पुनः सुनुवाई गर्न अस्विकार गरेको छ। भारतको केन्द्रीय अनुसन्धन ब्युरो सिबीआइले चौध वर्ष पुरानो फैसलालाई लिएर गरेको पुनरावेदन अपिल अदालतले अस्वीकार गरेको हो।

 

ग्यास का48डको मुद्धामाथि पुनः सुनुवाइ गर्नुको प्रर्याप्त कारण नभएको बताउँदै सर्वोच्च अदालतले अपिल दर्ता गर्न अस्वीकार गरेको जानकारी भारतीय सञ्चार माध्यमहरुले दिएका छन्। गत वर्ष जूनमा अदालतले भोपाल ग्यास का48डमा उद्योग सञ्चालक युनियन कार्वाइड प्लान्टका पुर्व सात सञ्चालक माथि लाहपरवाही गरेको अभियोग लगाउँदै जेल सजाय सुनाएको थियो।

 

सोही मुद्धामा सीबीआइको क्यूरेटिभ पिटिशन अर्थात् उपचारात्मक तथा सुधारात्मक अपिललाई अदालतले खारेज गरेको हो। यद्यपी सर्वोच्च अदालतले भोपाल ग्यासका48डका विषयमा सन् उन्नाइस छयानब्बेको अदालती फैसला अन्तिम नभएको र नयाँ प्रमाण प्राप्त भएमा थप सजाय बढ्न सक्ने स्पष्ट पारेको छ। सन् उन्नाइस सय चौरासीको मध्यरात भोपालस्थित युनियन कार्वाइड कारखानाबाट विषाक्त मिथाइन ग्यास चुहावट हुँदा केही दिनको समयमा करिब तीन हजार पाँच सय जनाको मृत्यु भएको थियो भने हजारौ मानिस अपांग हुन पुगेका थिए।

 

चुहावट भएको मिथाइन ग्यासको प्रभाव हालसम्म पनि रहेको छ। यद्यपी भोपाल ग्यासका पिडितहरुले विषाक्त ग्यास चुहावटका कारण मृत्यु हुनेको संख्या पच्चिस हजार पुगेको दाबी गरेका छन्।