लिबियाका प्रधानमन्त्री डाक्टर.एल बागदादी माहामुदिले हिजो सँयुक्त राष्ट्र संघका महासचिव बान कि मुन तथा ग्रीसका प्रधानमन्त्री जोर्च पापानड्रेओसँग टेलिफोन कुराकानी गर्दै लिबियामाथि नेटोले गरेको बम बर्षाको गम्भीर नतिजा सुनाउनुका साथै नेटोको गतिबिधिको निन्दा गर्नुभएको छ।
लिबियाको सञ्चार माध्यमले डाक्टर.एल बागदादी माहामुदिलाई उद्धृत गर्दै लिबियामाथि नेटोको हवाइ आक्रमणले “सँयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को सम्बन्धित निर्णय-प्रस्तावको परिधि नाघ्नुका साथै अन्तर्राष्ट्रिय ऐन तथा “सँयुक्त राष्ट्र संघको बडा-पत्र”माथि उल्लंघन गरेको हो भन्ने कुरा जनाएको छ। नेटोको यस्तो गतिबिधि लिबियाका जनतामाथि उल्लंघन गरेको हो भन्ने कुरा पनि यस रिपोर्टमा जनाइएको छ।
नेटोले यस साता पनि लिबियाको राजधानी ट्रिपोलीमाथि हवाई आक्रमण जारी राखेको छ।