टीकापुर, कैलाली – टीकापुरका मोबाइल व्यापारीहरुले टीकापुर बजार बन्द गराएका छन् । एकपछि अर्कौ गर्दै टीकापुर बजारमा रहेका ११ मोबाइल पसलमा चोरी भएपछि उनीहरुले चोरी रोक्न बजार बन्द गराएका हुन् ।
प्रहरी प्रशासनले चोरीका घटना नियन्त्रण गर्न नसकेको भन्दै विरोधमा उनीहरुले बजार बन्द गराएको जनाएका छन् ।
टीकापुर बजारमा रहेको एमपी मोबाइल ग्यालरीमा सोमबार राती पसलको सटर फोडेर पसलमा चोरी हुँदा समेत प्रहरीले थाहा नपाउनु र यति धेरै चोरीका घटना हुदा पनि एक जना पनि नसमातिनुले प्रहरी असफल रहेको उनीहरुको आरोप छ ।
टीकापुरका मोबाइल पसलमा पटक पटक चोरी हुन थालेपछि मोबाइल पसलका व्यापारीले सुरक्षाको माग गर्दै उद्योग वाणिज्य संघमा मंगलबार ताला पनि लगाइ दिएका थिए ।
शान्ति सुरक्षाका लागि उद्योग वाणिज्य संघले प्रहरी प्रशासनलाई दवाव दिनुपर्ने भन्दै ताला लगाएको उनीहरुले बताए ।
यस अघि भएका चोरीका घटनाका बेला पनि शान्ति सुरक्षाको माग गर्दा समेत शान्ति सुरक्षाको प्रत्याभूति नभएकोे उनीहरुले बताएका छन् ।