दक्षिणी स्पेनमा गएराति ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पमा परी अहिले सम्म मर्नेको सन्ख्या कम्तिमा ९ पुगेको छ भने दर्जनौ घाइते भएका छन्।
अधिकारीहरुले भूकम्पको केन्द्र विन्दू मुर्सिआको लोर्का शहर नजिकै रहेको बताएका छन्। भूकम्पका कारण लोर्का शहर र त्यस वरीपरीका क्षेत्रमा सयौ भवन क्षतिग्रस्त भएका छन्। भूकम्पका कारण कति संख्यामा मानिसहरु घाइते भएका छन् भन्ने बारेमा अझै स्पष्ट हुन सकेको छैन।
स्पेन सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगको लागि संकटकालिन सेवालाइ परिचालन गरिसकेको छ। यसैगरी भूकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगको लागि सरकारले सेनालाइ पनि परिचालन गरेको छ।