श्रीलङ्का र भारतबीचको यात्रुवाहक-फेरी पुनः सञ्चालन

श्रीलङ्काको बन्दरगाह तथा यातायात मन्त्रालयले हालै सार्वजनिक गरेअनुसार , युद्ध भएको कारणले धेरै वर्षदेखि बन्द गरिएको श्रीलङ्का र भारतबीचको यात्रुवाहक-फेरी यसै महिनाको दश तारिखदेखि औपचारिक रुपमा पुनः सञ्चालनमा आएको छ।

    पुनः सञ्चालनमा आएपछि प्रतिहप्ता तीनवटा यात्रुवाहक-फेरीले दक्षिणी भारतको ट्युटिकोरिन बन्दरगाह र श्रीलङ्काको कोलम्बो बन्दरगाहबीच दुई पटक ओहोरदोहोर गर्नेछन्।

    श्रीलङ्काको बन्दरगाह मामिला व्यूरोका पदाधिकारीको अनुमानअनुसार , ती फेरीहरुले प्रतिवर्ष बोक्ने यात्रुहरुको सङ्ख्या एक लाख पुग्नेछ।