लिबियाको मिसुरातामा भएको युद्धमा परी हजारौँ सर्वसाधारणको मृत्यु

लिबियाको एउटा मानव अधिकार सङ्गठनले  जनाएअनुसार , लिबियाको सरकारी सेना र सरकारविरोधी सशस्त्र शक्तिको दुई महिनादेखि जारी मिसुराताको युद्धमा परी एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। तीमध्ये प्रायःजसो सर्वसाधारण छन्।

    उक्त मानव अधिकार सङ्गठनका अनुसार अन्य तीन हजारभन्दा बढी घाइते भएका छन्। युद्धमा परेका धेरैको नाम दर्ता नभएको कारणले हताहत हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ।