नेपाल आदिवासी जनजाति महासंघले गरेको नेपाल बन्दको प्रभाब अर्घाखाँचीमा पनि

अर्घाखाँची शुक्रबार ३० बैशाख।  नेपाल आदिवासी जनजाती महासघले आव्हान गरेको नेपाल बन्दका कारण शुक्रबार अर्घाखाँची जिल्लाभरका विभिन्न भागको जनजीवन प्रभावित बनेको छ ।

 

अर्घाखाँचीबाट लामो दुरी जाने तथा छोटो दुरीमा चल्ने सम्पूर्ण यातायातहरु चल्न सकेका छैनन।

 

यसैगरी जिल्लाका सस्थागत सामुदायिक निजी बिद्यालयहरु, कलेजहरु , उधोग, ब्यापार, बितिय सस्थाहरु पनि पूर्ण रुपमा बन्द भएका छ्न।

 

मोर्चाले आदिवासी जनजातिको अधिकार सुनिश्चित भएको नयाँ संविधानको प्रारम्भिक मस्यौदा तालिका तत्काल जारी गर्नुपर्ने, संविधान निर्माणका सन्दर्भमा वार्ता गर्नुपर्ने, राज्य पुनंर्सरचना आयोग गठनको षडयन्त्रको अन्त र राज्य पुर्नसंरचना समितिको प्रतिवेदन संविधानको प्रारम्भिक मस्यौदामा समावेश गरिनुपर्ने, महासंघसँग भएको २० बुँदे सहमतिलगायत थारु कल्याणकारीणी सभा, लिम्बुवान, ताम्सालिङ तथा संयुक्त मुस्लिम संघर्ष समितिसँग गरेको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने र स्थानिय निकायहरुमा आदिवासी जनजाति, दलित, मुस्लिम, महिला, अपांग लगायतका समुदायहरुका लागि जाने बजेट समुदायका प्रतिनिधीमूलक संस्थामार्फत मात्रै वितरण गर्ने निर्देशिका जारी गर्नुपर्ने र जनगणना २०६८ को निष्पक्षता र आदिवासी जनजातिको सहभागीताको माग कुनै सुनुवाई नभएपछि बाध्यतावस नेपाल बन्द गर्नुपरेको आदिवासी जनजाती अर्घाखाँचीका मोर्चाका  नेता तथा अध्यक्ष टोप बहादुर बलालले   बताए । 


अन्य समाचारहरु