-केशवराज ज्ञवाली, अर्घाखाँची डट्कम।
अर्घाखाँची – छैठौ अर्घाखाँची कृषि एवं पर्यटन तथा औधोगिक महोत्सव २०८१ सन्धिखर्क -१ को कुडुले फाटमा हुने आयोजकले औपचारिक जानकारी दिएको छ ।
महोत्सव लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले उद्घाटन गर्ने सन्धिखर्कमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था अर्घाखाँची उधोग बाणिज्य संघले आधिकारिक जानकारी दिएको हो ।
महोत्सवबाट आएको आम्दानिले सन्धिखर्क -६ को नरपानीमा पर्यटन प्रवद्दन सम्बन्धी डिजिटल बोर्ड राखिने ,सन्धिखर्क नगरपालिका संग सहमती गरिएको आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा उधोग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले महोत्सवको बिरोधमा रहेका जिल्लाका अन्य संघ -संस्थाहरुलाई वार्तामा आउन अनुरोध गर्दै आफुले सबै पक्ष संग सल्लाह गर्दै अगाडि बढेको बताए , उनले भेट र बैठकमा मेला चलाउन दिन्छौ भन्ने तर घरमा पुगेर सामाजिक संजाल रंगाउने कार्य गलत भएको पनि बताएका छन ।
पुस २९ देखि माघ १२ गते सम्म आयोजना हुने महोत्सवमा ३५० स्टल हुने जसमा ५० वटा स्टल निशुल्क राखिएको जस मध्ये जिल्लाका कृषि उत्पादन , दुग्धजन्य पदार्थ ,नर्सरिजन्य उत्पादन , पुष्प खेती पर्यटन , डकुमेन्ट्री को लागि स्टल ब्यबस्थापन , घरेलु हस्तकलाका काठ जन्य ,बासजन्य उत्पादन , बहुउद्देश्यीय सहकारिका उत्पादनको लागि निशुल्क स्टल ब्यवस्था गरिने र संबंधित पक्षलाई पुस २५ गते सम्म आफुलाइ चाहिने स्टलको जानकारी दिन आयोजकले अनुरोध गरेको छ ।
स्थानिय ब्यबसायिलाइ ५० प्रतिशत छुटमा स्टल ब्यबस्थापन गरिने , कला संस्कृति तर्फ स्थानिय कला जस्तै लाखे नाच , भैरव नाच , जस्ता बिषयमा सहभागी गराउन छ वटै पालिकामा पत्राचार गरिएको पनि उधोग बाणिज्य संघले जनाएको छ ।
मेलामा स्थानिय कलाकार संगै राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ ।
महोत्सव स्थलमा हुने भनिएको ध्वनी प्रदुषण सिमित समयको लागि हुने र दैनिक जन जिवनमा सकेसम्म कम प्रभाव पारिने , फोहोर मैलाको समस्या हल गर्न अभियानको रुपमानै काम गर्ने प्रतिवद्द्ता जनाएको छ ।
सबैलाइ समेटेर लैजाने भन्दै महोत्सवबाट जिल्लाको ब्यबसाय धरासायी बनाउने उदेस्य नभइ सम्पुर्ण जिल्लाबासिको हित , मनोरञ्जन संगै स्थानिय ब्यबसायिहरुको ब्यवसाय प्रवद्द्नको लागिनै महोत्सव संचालन गर्न लागिएको संघले जनाएको छ ।
महोत्सवमा कुनै प्रकारका जुवा जन्य खेलहरु खेलाउन नदिने भन्दै उधोग बाणिज्य संघले सुरक्षाको पुर्णतया ग्यारेन्टी हुने हुदा स्टलमा सहभागी भएर आफ्नो ब्यवसाय सबल बनाउन स्थानिय ब्यबसायिलाइ अनुरोध पनि गरेको छ ।
थप तस्बिर :