प्रश्नपत्र बाहिरिएपछि लोकसेवा आयोगको सामान्य प्रशासन समूहको परीक्षा स्थगित

काठमाडौं  – प्रश्नपत्र बाहिरिएपछि लोकसेवा आयोगको सामान्य प्रशासन समूह (नासु)को परीक्षा शनिबार स्थगित भएको छ ।

राजधानीको डिल्लीबजार कन्या क्याम्पस केन्द्रमा प्रथम पत्रको परीक्षामा द्वितिय पत्रको प्रश्नपत्र बाँडिएपछि परीक्षा रद्द गरिएको लोकसेवा आयोगले शनिबार साँझ सूचना जारी गरी जनाएको छ ।

परीक्षा स्थगित भएपछि विद्यार्थीहरुले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् । उनीहरुले दुवै पत्रको परीक्षा रद्द गर्न माग गरेका छन् ।