‘संविधानसभाको म्याद थप्नुको औचित्य छैन’

-अब पनि संविधान सभाको म्याद थपिनु भनेको जनतलाई वेवकुफ वनाएर नेताहरुको आफनो स्वार्थ पुरा गर्नु हो ।’



 -संविधानविद डा. भिमार्जुन आचार्य…
 
काठमाडौ  – विराटनगर-संविधानविद डा. भिमार्जुन आचार्यले संविधानसभाको म्याद थप्नुको औचित्य नरहेको वताए । शनिवार एक कार्यक्रममा उनले भने, ‘अब पनि संविधान सभाको म्याद थपिनु भनेको जनतलाई वेवकुफ वनाएर नेताहरुको आफनो स्वार्थ पुरा गर्नु हो ।’


नेपाली कांग्रेस विराटनगर नगर समितिले शनिवार आयोजना गरको शान्ति प्रकृया र लोकतान्त्रिक संविधान निर्माणका चुनौति विषयक विचार गोष्ठिमा आचार्यले वर्तमान संविधान सभाबाट नेपालको अस्थित्व जोगाउदै लोकतान्त्रिक संविधान निर्माण हुन नसक्ने दावी गर्दै तीन बर्षमा ३० वटा संविधान बनाउन सक्ने स्थिती भएपनि नेताहरूले नियतवस संविधान निर्माण नगरेको आरोप लगाए ।


आफ्नो स्वार्थ पूर्ति गर्न क्रान्तिकारी भन्नेहरूले संविधानसभाको गलत प्रयोग गरिरहेको उनको आरोप थियो । द्वन्द्वलाई उद्योगको रुपमा स्थापना गर्ने उद्देश्यले संविधान सभालाई प्रयोग गर्ने काम भैरहेको छ । आचार्यले भने चर्को र खरो भाषण गर्नेहरूले नै संविधान निर्माणमा अबरोध पुर्‍याउदा मुलुक विखण्डन तर्फ उन्मुख भएको हो ।

 

देशलाई विखण्डन गर्न जातिय संघियताको अबधारणा ल्यायीएको आचार्यको दावी थियो ।

अर्का संविधानविद सुर्य ढुंगेलले शान्ति प्रकृयालाई टुंगोमा नपुर्याई बनेको संविधानले लोकतान्त्रको संरक्षण गर्न नसक्ने बताउदै माओवादी निशस्त्र नभई ल्याएको संविधानले लोकतान्त्रीक व्यवस्थाको संरक्षण हुन नसक्ने दावी गरे ।
कांग्रेसका केन्द्रीय सदस्य डा शशाँक कोइरालाले जातीय आधारमा संघियतामा जान नहुने बताउदै सबै जातिलाई राज्य दिन नसकिने भएकाले जातिय आधारको संघियता कांग्रेसलाई मान्य नहुने वताए । कांग्रेसलाई एक्ल्याएर माओवादीले विपक्षी विचारलाई समाप्त पार्न खोजेकाले दावी गर्दै उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादकालागि कांग्रेस संघर्ष गर्न तयार रहने उनको भनाई थियो ।