भारतको पश्चिमी बङ्गाल तथा तामिल नाडु राज्यलगायत पाँच वटा राज्यका संसदको निर्वाचनको नतिजा क्रमश सार्वजनिक गरिएको छ। भारतको राष्ट्रिय काङ्ग्रेस पार्टी तथा उसका सहयोगीले केही महत्वपूर्ण क्षेत्रमा क्रमशः सफलता प्राप्त गरेका छन्। तर भारतको बामपन्थी पार्टीले पराजय भोगेका छन्।
सबभन्दा आकर्षित पश्चिमी बंगाल राज्यको निर्वाचनमा वर्तमान रेल मन्त्री ममता बेनर्जीको नेतृत्वमा रहेको राष्ट्रिय काङ्ग्रेस पार्टीले भारतीय मार्क्सवादी पार्टीको नेतृत्वमा रहेको बामपन्थी राजनैतिक पार्टीको गठबन्धनलाई जितेर सफल भएको छ। यसबाट पश्चिमी बंगाल राज्यमा भारतीय बामपन्थीको राजनैतिक पार्टीको 34 वर्षसम्मको नेतृत्व समाप्त भएको छ। साथै भारतीय राष्ट्रिय कांग्रेसले आसाम राज्यको निर्वाचनमा पनि सफलता पाएको छ।
सन् 2009 मा भारतको आम-निर्वाचन भएदेखि यता यस पल्टको प्रान्तीय सँसदबारेको निर्वाचन सबभन्दा महत्वपूर्ण हो।