सबैभन्दा विपन्न मुलुकका लागि संयुक्त राष्ट्र संघबाट दश वर्षको विकास योजना प्रस्तुत

संयुक्त राष्ट्र संघको सबैभन्दा विपन्न मुलुकसम्बन्धी बैठक टर्कीको इस्टानपूरमा सम्पन्न भयो। यस बैठकले “इस्तानबुल घोषणा-पत्र” र ” भविष्यका दश वर्षसम्म सबैभन्दा विपन्न मुलुकको गतिविधि योजना ” पारित गरेर सबैभन्दा विपन्न48 मुलुकका लागि आगामी दश वर्षमा विकास योजना प्रस्तुत गरेको छ।

    उक्त घोषणाअनुसार, विश्वव्यापी साझेदारी सम्बन्ध, अन्तर्राष्ट्रिय समाज सहायता अझ बढी पार्ने, उर्जा-श्रोतको श्रेष्ठताको प्रयोग, विपन्नता हटाउने र दिगो विकासमार्फत आगामी दश वर्षसम्म विश्वमा सबैभन्दा विपन्न 48मुलुकको संख्याबाट आधासम्म घटाउने लक्ष्य रहेको छ।

    यस बैठकमा विकासोन्मुख मुलुकहरुले 0.15 प्रतिशतदेखि 0.2 प्रतिशतको राष्ट्रिय आम्दानीद्बारा सबैभन्दा विपन्न मुलुकका लागि सरकारी सहायता दिने कुरामा सहमति गरेका छन्। अहिले विकासोन्मुख मुलुकको सरकारी सहायता आफ्नो राष्ट्रिय आम्दानीको 0.1 प्रतिशतभन्दा कम भएको जनाइएको छ।

    हाल विश्वमा 48 सबैभन्दा विपन्न मुलुक हुनुका साथै यी मुलुकको जनसंख्या आठ करोड असी लाख पुगेको छ। त्यसमध्ये पचास प्रतिशत जनताको जीवन अति विपन्न छ।