काहन न्युयोर्कका टायम्स स्क्वायरस्थित सोफिटेल होटलमा बसेका थिए । उनीमाथि त्यहाँ काम गर्ने ३२ वर्षीया एक कर्मचारी महिलाले यौन दुव्यवहार गर्ने प्रयास गरेको आरोप लगाएपछि पक्राउ गरिएको हो । ती महिलाका अनुसार काहनले सबै लुगा खोलेर उनलाई आक्रमण गर्न खोजे । तर ती महिलाका अनुसार उनी आफू भाग्न सफल भइन् ।
सन् १९४९ अप्रिल २५ मा जन्मेका यी फ्रान्सेली अर्थशास्त्री, वकिल, राजनीतिज्ञ र सोसलिस्ट पार्टी अफ फ्रान्सका सदस्य सन् २००७ सेप्टेम्बर २८ मा राष्ट्रपति निकोलस सार्जोस्कीको विशेष प्रयासबाट आइएमएफका प्रबन्ध निर्देशक बनेका हुन् । उनी पेरिस इन्टिच्युट अफ पोलिटिकल साइन्सका पूर्णकालिन प्राध्यापक पनि हुन् । सन् २०१२ मा फ्रान्समा हुने राष्ट्रपति पदका उनी संभावित दावेदार (सोसलिस्ट उम्मेद्वार) पनि हुन् ।