सुप्रिम सहकारी ठगी प्रकरण: ४२ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीको राय, रविको विगो कति ?

 

बुटवल, पुस २६ : बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतलाई व्यक्तिगत र सामुहिक विगो दाबी गर्नुपर्ने रायसहित प्रहरीले सरकारी वकीललाई राय प्रतिवेदन बुझाएको छ।

प्रहरीले पूरक अनुसन्धान गरेर लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित थप १४ जनामाथि विगो दाबी गर्दै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो।

सुप्रिम सहकारी ठग प्रकरणमा यसअघि पनि २८ जनाविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ। नयाँ १४ गरी ४२ जना विरुद्ध मुद्दा चलाउने राय प्रहरीको छ ।

प्रहरीले लामिछानेको नाममा व्यक्तिगत रूपमा गएको दुई करोड र गोर्खा मिडियाका नाममा गएको सामूहिक दुई करोड १५ लाख २८ हजार गरी चार करोड १५ लाख २८ हजार रुपैयाँको बिगो मागदाबी गनुपर्ने राय प्रहरीको छ।

पूर्व डिआइजी जोशीलाई दुई करोड ५० लाख व्यक्तिगत र मिडियाको सामूहिक एक करोड ७७ लाख ८८ हजार गरी चार करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी प्रहरीले गरेको छ ।

सुप्रिम सहकारीका अध्यक्ष गुरुङको व्यक्तिगत दुई करोड ८८ लाख १४ हजार र सामूहिक दुई करोड सात लाख ९४ हजार गरी चार करोड ९६ लाख आठ हजार बिगो माग दाबी छ । लामिछाने गृहमन्त्री रहेकै बेला यसअघि गत वैशाख ३ गते अदालतमा मुद्दा दर्ता भएको थियो ।

त्यसबेला ८६ करोड १८ लाख २३ हजार सात सय ५४ रुपैयाँ हिनामिना गरेको आरोपमा २८ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो । यतिबेला प्रहरीले पूरक अभियोगपत्र लैजान थालेहको हो ।

ड सात लाख ९४ हजार गरी चार करोड ९६ लाख आठ हजार बिगो माग दाबी छ । लामिछाने गृहमन्त्री रहेकै बेला यसअघि गत वैशाख ३ गते अदालतमा मुद्दा दर्ता भएको थियो ।

त्यसबेला ८६ करोड १८ लाख २३ हजार सात सय ५४ रुपैयाँ हिनामिना गरेको आरोपमा २८ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो । यतिबेला प्रहरीले पूरक अभियोगपत्र लैजान थालेको हो । – KP