-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।
भुमिकास्थान , अर्घाखाँची । लायन्स क्लव अफ अर्घाखाँचीकाे आयाेजनामा बृहत् स्वास्थ्य शिविर भुमिकास्थान नगरपालिकाकाे वडा नं ७ चिदिचाैरमा सम्पन्न भएकाे छ ।
भुमिकास्थान नगरपालिका संगकाे सहकार्यमा सम्पन्न शिविरमा कुल ३२५ जनाले स्वास्थ्य परिक्षण गरेकाे क्लवका अध्यक्ष प्रेम कुमार थापाले जानकारी दिनुभयाे ।
पेट राेग बिशेषज्ञ डा माेहन भुसाल सहितका डाक्टरहरुद्वारा ईन्डाेस्काेपी, दन्त परिक्षण र ल्याव सहितकाे शिविरमा ४५ जनाले ईन्डाेस्काेपी, ५० जनाकाे दाँत परिक्षण, ८८ जनाकाे ल्याव परिक्षण गरिएकाे क्लवका सचिव प्रदिप आचार्यले जानकारी दिनुभयाे ।
लायन्स क्लव अफ अर्घाखाँचीकाेे आयाेजनामा सम्पन्न कार्यक्रममा भुमिकास्थान नगरपालिका, ग्याष्ट्राे सेन्टर बुटवल, नेशनल प्याथ ल्याव, बि एण्ड बि डेन्टल क्लिनिक लगायतका संस्थाहरुले सहयाेग गरेका थिए ।
शिविरमा विशेषज्ञ सेवा सहित, दन्त परिक्षण सहित निशुल्क ओैषधी बितरण समेत गरिएकाे थियाे ।
थप तस्बिर: