भारतको नयाँ दिल्ली सरकारले मदिराको बिक्रीबाट उच्च आम्दानी गरेको छ ।
2009/10को आर्थिक वर्ष भन्दा 2010/11 को आर्थिक वर्षमा 23 प्रतिशत बढी आम्दान भएको जनाएको छ ।
नयाँ दिल्ली सरकारले 2010/11 को आर्थिक वर्षमा सात करोड चालिस लाख अमेरिकी डलर कर सङ्कलन गरेको छ र 2009/10को आर्थिक वर्षमा मात्र तीन करोड सत्तरी लाख अमेरिकी डलर सङ्कलन भएको थियो ।
सरकारी अधिकारीका अनुसार हाल कर सङ्कलन प्रणाली राम्रो तथा चुहावट रोक्न सफल भएको छ ।
भारतमा अधिकांश मदिरा पसल सरकारको स्वामित्वमा रहेको छ ।