-केशव राज ज्ञवाली, अर्घाखाँची डट्कम।
सन्धिखर्क , अर्घाखाँची – छैठौ अर्घाखाँची कृषि एवं पर्यटन तथा औधोगिक महोत्सव २०८१ को आज सन्धिखर्क -१ कुडुंले फांटमा भव्य उद्घाटन भएको छ ।
अर्घाखाँचीको पालिमा जन्मिएर सुदुर पश्चिम प्रदेशको प्रदेश प्रमुख बनेका नजिर मियाले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका हुन । जिल्लाको कला र संस्कृति जनाउने विभिन्न झाकी र नृत्यहरुको प्रस्तुतिले उद्घाटन समारोहलाइ भव्य र आकर्षक बनाएको थियो ।
महोत्सवको उद्घाटन समारोहमा सुदुर पश्चिम प्रदेश प्रमुख नजिर मिया , प्रतिनिधि सभाका सांसद बिजुला रागमाझी , लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे , जिल्ला समन्वय समिती सभापती जिवनारायण कोइराला , उधोग बाजिण्य संघका केन्द्रिय सदस्य जमाशेर मिया , नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री बिश्नु मुस्कान सहि जिल्लामा सकृय राजनितिक दलका प्रतिनिधि , प्रमुख जिल्ला अधिकारी , पत्रकार महासंघका अध्यक्ष लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
उद्घाटन समारोहको अवसरमा आज लाखे नाच , भैलो नाच , भजन , पन्चेबाजा लगायतका अर्घाखाँचीका कला संस्कृतिहरु प्रस्तुत गरिएको थियो भने गायक हेमन्त शर्माको प्रस्तुतीकरणले महोत्सवमा उपस्थित दर्शकलाइ थप मनोरन्जन दिएको थियो ।
छैठौ अर्घाखाँची महोत्सव माघ १२ गते सम्म चल्नेछ । महोत्सवमा जिल्लाका स्थानिय उत्पादन देखि लिएर कपडा , भाडाकुडा सहित अन्य दैनिक आवस्यकिय बस्तुहरु सुपथ मुल्यमा पाइने र विभिन्न मनोरन्जका खेलहरु पनि रहेका छन ।
थप तस्बिर: दीपेन्द्र पौडेल , हिमाल कुँवर ।