पाकिस्तानको कराँची शहरमा साउदी अरबका राजदूत चढेको गाडिमा हमला

पाकिस्तानको कराँची शहरमा सोमबार बिहान साउदी अरबका राजदूत चढेको गाडिमा हमला गरेको छ । सो क्रममा सवारी चालकको मृत्यु भएको जनाएको छ ।

प्रहरीका अनुसार मोटर साइकल चढी आएका एक बन्दुकधारीले सो गाडिमा गोलि बर्षाएको थियो ।

यसैगरी साउदी अरबका राजदूतलाई गत बुधबार पनि आक्रमण गरेको थियो । मोटर साइकलमा आएका अज्ञात व्यक्तिले दुई वटा हाते बम ग्रिनेड फालेको थियो । सो घटनामा कोही पनि हताहत भएको थिएन ।

यस घटना सम्बन्धमा पाकिस्तान स्थित साउदी अरबको दूतावासले केही प्रतिक्रिया दिएको छैन ।

प्रहरीले ओसामा बिन लाडेनलाई अमेरिकाले मारेको विरोधमा साउदी कुटनीतिज्ञलाई हमला गरेको आशङ्का गरेको छ ।