लिबिया अखिल जन समितिका महासचिव अल बग्दादी अल महमुदीले हिजो नेटोले बम आक्रमण बन्द गरेमा लिवियाले युद्धविराम गर्ने इच्छा लिएको बताउनुभयो।
श्री महमुदीले हिजो राजधानी त्रिपलीको भ्रमणमा रहनुभएका राष्ट्र संघका महासचिवका लिबिया समस्या दूतसँग वार्ता गर्नुहुँदा उक्त कुरा भन्नुभएको हो। लिबियाले अन्तर्राष्ट्रिय पर्यवेक्षकको अनुगमनलाई स्विकार गर्ने पनि श्री महमुदीले व्यक्त गर्नुभयो।
साथै उहाँले लिबियाली जनताले आक्रमण तथा धम्कीको सट्टामा स्वतन्त्र तथा प्रजातान्त्रिक वार्तामार्फत आफ्नो आन्तरिक मामिला तथा राजनैतिक अवस्थालाई निश्चित गर्ने पुनर्पुष्टि गर्नुभयो।