भारतको “दैनिक भाष्कर”पत्रिकाले हिजो जनाएअनुसार, सौर्य श्रोतबाट चल्ने विश्वकै सबभन्दा सस्तो मोटर साइकल हालै भारतको पुनेमा सार्वजनिक गरिएको छ। जसको मूल्य मात्र 26 हजार रुपैयाँ अर्थात् लगभग पाँच सय 78 अमेरिकी डलर रहेको छ। प्राविधिक अयुब खान तथा सहकर्मीले तीन महिनाको प्रयासमा यसको डिजाइन गरेका हुन्।
श्री अयुब खानको अनुसार, यस मोटर साइकल उत्पादनमा लगभग तीन सय 56 अमेरिकी डलर मात्र खर्चिनेछ। एक पटकको रिचार्जमा यस मोटर साइकल लगातार दुइ सय किलोमिटरदेखि दुइ सय पचास किलोमिटरसम्म गुड्न सक्छ।