अफ्गानिस्तानको उत्तरी भागमा भएको जुलुस प्रदर्शनमा कम्तीमा चालिस हताहत

अफगानिस्तानका हजारौं जनताले अफ्गानिस्तानको उत्तरी भागको टाखर प्रान्तको राजधानीमा जुलुस प्रदर्शन गरेका छन्। अफ्गानिस्तानका लागि नेटोको अन्तर्राष्ट्रिय सुरक्षा सेनाले अफगानिस्तानका सर्वसाधारणलाई मारेको कुराको विरोधस्वरुप उक्त प्रदर्शन भएको हो।

 

 जुलुस प्रदर्शनमा सहभागी र प्रहरीबीच भिडन्त भएको छ। भिडन्तमा कम्तीमा पनि दश जनाको मृत्यु हुनुका साथै अरु तीस जना जति घाइते भएका छन्।