नेपाल ब्राम्हण समाजको बन्दको कारण अर्घाखाँची जिल्लाको जन जीवन प्रभाबित

अर्घाखाँची ।  नेपाल  ब्राम्हण समाजको बन्दको कारण अर्घाखाँची जिल्लाको जन जीवन प्रभाबित बनेको छ।  

 

समाजले देशका कुनैपनि नागरिकलाई जातीय आधारमा विभेद गर्न नहुने लगायत माग राखी शुक्रवार पश्चिमाञ्चल बन्दको घोषणा गरेको छ । जातिय आधारमा देसलाई बिभाजन गर्न  नहुने ब्राम्हणहरुलाई पनि सबिधानमा समान अबसर प्रदान गर्नु पर्ने र पछील्लो समयमा आएर ब्राम्हणहरुलाई उनिहरुको  हक अधिकारबाट  बन्चित  बनाएको र  आफ्नो माग पुरा नभएको भन्दै आज अर्घाखाँची जिल्ला लगायत  पश्चिमाञ्चलका  ३ वटा अञ्चल लुम्बिनी , धौलागिरी, गण्डकी ,अञ्चलका  १६ वटा जिल्लामा  बन्दको आहावान गरेको छ।  

 

बन्दले गर्दा जिल्ला बाट छुट्ने लामो तथा छोटो दुरीका सम्पूर्ण यातायातका साधन हरु चलेका छैनन,

यसैगरी जिल्लामा रहेका सम्पूर्ण उध्योग, व्यासाय, कलकारखाना, शैक्षिक सस्था , क्याम्पस , पूर्ण रुपमा बन्द भएका छ्न र उच माबि ११ कक्षाको परिक्षा भने नियमित रुपमा चलेको छ, बन्दमा प्रेस , एबुलेन्स , विवाहका गाडीहरु भने निर्बिबाद रुपमा चल्ने र कुनै अबरोध नहुने कुरा बन्द आहावानकर्ताले जनाएका छन।  

 

बन्दको प्रभाव कपिलबस्तु ,रुपन्देही , पाल्पा , नवलपरासी आदी जिल्लामा पनी परेको जानकारी पप्त भएको छ , बन्दको पुर्बसन्ध्यामा हिजो साझ समाजले अर्घाखाँचीको  बसपार्कबाट शान्ती बगैचा सम्म मसाल जुलुसको निकालेको  थियो। 

 

यसैगरी ब्राम्हण समाज नेपाल अर्घाखाँची जिल्लाका अध्यक्ष ज्ञान राज न्यौपानेले जेष्ठ 6 शुक्रबार को दिन  बन्दलाई सफल पार्न सबै पक्षलाई  अपिल पनि गरेका थिए । 

 

अन्य समाचारहरु