-प्रेमनारायण आचार्य
यूएई डेस्क – सन्सार एक्काईसौ सताब्दीमा गईसकेको छ । तर हाम्रो परम्परागत सोच,रुढिवादी परम्परा,अझै हट्न सकेको छैन ।
हाम्रो देश नेपालका विभिन्न स्थानमा रुढीवादी परमपरा र परम्परागत सोच अझै जारी छन् । यस्तै एक उदाहरण बनेको छ अर्घाखाँची जिल्लाको ढाकावांग गाविस ।
ढाकावांग गाविसमा रहेका खनाल थर भएका परिवारमा जेठ महिनामा मोही बनाएर घयु निकालेमा घरमा अनिष्ट हुन्छ भन्ने मान्यताका साथ जेठ महिना भर मोही बनाउदैनन् ।
जेठ महिनामा मोही बनाएमा गाईर् भसी मर्ने, घरमा र्सपहरु आउने परिबाका सदस्य बिरामी पर्ने लगायत रुढीवादी मान्यताका साथ ढाकावांग गाविसका खनाल थर भएका मानिसहरुले मोही नबनाउने गरेक स्थानीय कमला खनालले बताउनु भयो ।
झण्डै दुई सय घर परिवार रहेका खनाल परिवारमा शिक्षित बर्ग नभएको पनि हैन । तर शिक्षित बर्गले पनि यसलाई हटाउन सकेको छैन् ।
उनीहरुले जेठ महिना भर उनीहरुले दुध दहि खाने तर मोही नबनाउने र घयु ननिकाल्ने गर्दछन् । परम्परा देखिनै जेठ महिनामा मोही नबनाउने चलन रहेको स्थानीय सिता खनालले बताउनु भयो ।
हुनत अर्घाखाँचीमा अन्यत्र पनि खनालहरु छन् । तर अर्घाखाँचीका अन्य स्थानका खनालले जेठ महिनामा मोही बनाउने गरेको खन गाविसमा घर भएका नेपाली काग्रेसका पुर्व जिल्ला उपसभापति हालका महाधिबेसन प्रतिनिधि बिष्णु खनाल मुस्कानले बताउनु भएको छ ।
जेठ महिनामा मोही नबनाउने चलन अर्घाखाँचीको ढाकावांगमा मात्र भएको जानकारहरु बताउन्छन्।