भारतको उत्तरी भागमा हिजो आँधी बेहरी तथा चट्याङ्ग परेको छ। भारतको उत्तर प्रदेशमा यस खराब मौसममा परी कम्तीमा सैंतीस जनाको मृत्यु हुनुका साथै सत्ताइस जना घाइते भएका छन्।
हिजो विहान सबेरैदेखि भारतको राजधानि दिल्ली, उत्तर प्रदेश तथा विहार प्रदेश लगायत भारतको उत्तरी भागमा अवस्थित क्षेत्रहरुमा मौसम खराब भएको हो। हिजो विहान चलेको हावाको गति प्रति घण्टा सत्तरीदेखि नब्बे किलोमिटरसम्म पुगेको थियो। पछि उक्त क्षेत्रमा बेलुकीदेखि आँधी बेहरी तथा मेघ गर्जन भएको थियो। धेरै आबास घर ढलेका छन् भने विद्युतीय प्रबन्धमा पनि निकै क्षति पुर्याइएको छ। केही क्षेत्रमा विद्युतको आपूर्ति बन्द गरिएको थियो।
भारतको उत्तर प्रदेश सरकारका पदाधिकारीका अनुसार, अहिले उत्तर प्रदेश सरकारले प्रकोपको भ्याएसम्म उद्धार गर्नुका साथै मृतकहरुको परिवारलाई एक लाख रुपियाँको क्षतिपूर्ति रकम उपलव्ध गराउने घोषणा गरेको छ।