अफ्गानिस्तानी तालिवानका प्रवक्ताद्बारा ‌‌औमारको मृत्यु अस्वीकार

अफ्गानिस्तान तालिवानका प्रवक्ता जाबिउल्लाह मुजाहिदले आज 23 तारिख तालिवानी नेता मूलाह औमार मारिएको कुराको अस्वीकार गरेको छ।

                 श्री मुजाहिदले सञ्चार माध्यमलाई जनाएअनुसार औमारको मृत्यु भएको सूचना एउटा हल्ला मात्र भएको र यस हल्लाको लक्ष्य तालिवानका सदस्यका भावनालाई खलबल्याउनु हो। श्री मुजाहिदका अनुसार औमारले हाल नेटो र अफ्गानिस्तानको राष्ट्रिय सुरक्षा फौजलाई लक्षित गरी युद्ध गराउन अफ्गानिस्तानी तालिवानको नेतृत्व गरिरहेको छ।