भारतको केन्द्रिय सरकारले आणविक भट्टीको समर्थन

भारतको परमाणु शक्ति विभागका अनुसार भारतको केन्द्रिय सरकारले छिट्टै फ्रान्सको एरेभा एस एसँग महाराष्ट्रमा अवस्थित जैटापुर आणविक भट्टीको विकासका लागि अन्तिम छलफल गर्ने छ ।

               भारतीय परमाणु शक्ति विभागका प्रमुख श्रीकुमार बनर्जीले सम्झौता करार पत्र तयार भइसकेको र पारित गर्न संसदमा पेश गर्न बाँकी रहेको बताए ।

               जानकारी अनुसार गत वर्ष फ्रान्सका राष्ट्रपति निकोलस सारकोजीको भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री मनमोहन सिंहको पनि उपस्थितीमा फ्रान्सको एरेभा एस ए र भारतको आणविक शक्ति केन्द्रबीच निर्माण सम्बन्धमा हस्ताक्षर गरेको थियो । यो आणविक भट्टीको निर्माण पूरा भएमा विश्वकै सबभन्दा ठूलो आणविक शक्ति उत्पादन गर्ने भट्टी हुने छ ।