अमेरिकी विदेश मन्त्रालय अन्तर्गत उत्तर कोरियाको मानव अधिकार सम्बन्धी विशेष प्रतिनिधि रोबर्ट किङ तथा अमेरिकी अन्तर्राष्ट्रिय विकास कार्यक्रम अन्तर्गत विदेशको प्रकोपलाई सहायता दिने सहायक प्रमुख जोन ब्राउसको नेतृत्वमा रहेको प्रतिनिधि मण्डल उत्तर कोरियाको भ्रमणका लागि आज विशेष विमानद्वारा प्योङयाङ पुगेको छ।
अमेरिकी प्रतिनिधि मण्डल प्योङयाङ पुगेपछि सञ्चार माध्यमलाई भने अन्तर्वार्ता दिएको छैन।
विदेशी समाचार समितिका अनुसार, श्री रोबर्ट किङले उत्तर कोरियाको अन्नपातको मांगबारे जानकारी लिनुका साथै उत्तर कोरियाका पदाधिकारीहरुसँग भेट-वार्ता गर्नुहुनेछ। उहाँहरुले आगामी अठाइस तारिख उत्तर कोरियाको भ्रमण समाप्त गर्नुहुने छ।