– प्रेमनारायण आचार्य
अखाँटा-यूएई डेस्क-अर्घाखाँचीमा बिकासको नाममा बन क्षेत्रको बिनास भैरहेको र त्यस्को नियन्त्रणकालागि सम्बन्धित निकाय मौन रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले औल्याएका छन् ।
उनीहरुले बिकास निर्माणको नाममा बन क्षेत्रमा भैरहेको क्रियाकलापले केहि बर्षै बिकराल रुप लिने र बन क्षेत्र नै समाप्त हुने भएकाले यस प्रति सबैले आआफ्नो क्षेत्रबाट पहल गर्नु पर्ने कुरामा कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
अर्घाखाँचीको सन्धिखर्कमा जिल्ला बन कार्यलयले गरेको निजी बन उत्प्रेरणा सम्बन्धि अन्तरक्रियामा बोल्ने बक्ताहरुले बिकासको नाममा भएको बिनासलाई रोक्नु पर्ने बताएका हुन् ।
बिशेस गरेर मोटरवाटो निर्माणका नाममा भैरहेको काठ तस्करिले बन क्षेत्रको वातावरमा प्रत्यक्ष प्रभाव पारेकोले बन क्षेत्रमा मोटरवाटो निर्माण गर्दा सम्बन्धित निकाय संग समन्वय गरेर निर्माण कार्य अगाडी बढाउन राजनितिक दलहरुलाई आग्रह गरेका छन् ।
चुरे क्षेत्रबाट बालुवा गिटी र काठ निकासीले वातावरणमा प्रत्यक्ष प्रभाब पर्ने र भुक्षयको प्रकोप फैलिने भएकाले यसको संरक्षणमा सम्पर्ुण्ा निकायले पहल गर्नु बताएका हुन् ।
कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख , राजनितिक दलका प्रमुख तथा प्रतितिधि, बन संग सम्बन्धित संघ सस्थाहरु, संचारकर्मि हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला बन अधिकृत सुरेस सिहले निजि बनकालागि जिल्ला बन कार्यलयले आज सम्म गरेका र आगामी दिनमा गर्न कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद मरासिनि, स्थानीय किास अधिकारी पुण्य ब्रि्रम पौडेल, माओवादीका रन्जीत कुमार बिक, काग्रेसका जिल्ला कोषध्यक्ष हरिबहादुर खड्का, एमालेका जिल्ला उपाध्यक्ष जनार्दन खनाल , राजमोका गोपाल पौडेल लगायतले बन क्षेत्रको संरक्षणका लागि आआफ्नो क्षेत्रबाट लागि पर्ने बताएका थिए । कार्यक्रम जिल्ला बन कार्यलयका सूचना अधिकृत दिपक पंडितले संचालन गर्नु भएको थियो।