बेलायतको भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति बाराक ओबामा र बेलायतका प्रधानमन्त्री कामरूनबीच हिजो भेटवार्ता भयो। वार्तापछि आयोजित सँयुक्त पत्राकर सम्मेलनमा दुई नेताले लिबियाका नेता मुआमार एल-गद्धाफीले पदत्याग गर्नुपर्ने कुरा दोहोर्याउनुभएको छ।
प्रधानमन्त्री कामरूनले आफू तथा अमेरिकी राष्ट्रपति ओबामाले वार्तामा हाल मध्य-पूर्वको परिस्थिति, आतंकवादको प्रतिरोध, विश्वको आर्थिक वृद्धिका लागि नयाँ रोजगारी उपलव्ध गराउनेलगायतका अनेकन् विषयहरुबारे छलफल गरेको कुरा बताउनुभयो। प्रत्युत्तरमा राष्ट्रपति ओबामाले धेरै विषयमा उहाँहरुको एकमत रहेको कुरा बताउनुभयो।
बेलायतको दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति ओबामा अस्ति चौबीस तारिखका दिन बेलायत पुग्नुभएको हो।