लिबियाको विदेश मन्त्रालयको कडा निन्दा

लिबियाको विदेश मन्त्रालयले हिजो एउटा वक्तव्य प्रकाशित गरी यूरोपेली संघका कूटनीति तथा सुरक्षाको जिम्मा लिने उच्चस्तरीय प्रतिनिधि क्याथरिन एशटोनले लिबियाका पदाधिकारीलाई कद्दाफिको शासनबाट हट्नसम्बन्धी प्रेरित भनाइको कडा निन्दा गरेको छ।

सो वक्तव्यअनुसार, श्री एशटोनका सम्बन्धित कुराले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा गम्भीर असर पर्नेछ। यसले एउटा स्वतन्त्र मुलुक तथा राष्ट्र संघीय सदस्य मुलुकका आन्तरिक मामिलामा सार्वजनिकरुपमा हस्तक्षेप गरेको मात्र नभई अन्तर्राष्ट्रिय सम्बन्धबारेको सबै नियम तथा अन्तर्राष्ट्रिय सन्धीलाई पनि उल्लंघन गरेको छ।

यूरोपेली संघका लागि लिबियाका राजदूतले यस महिनाको छब्बीस तारिखका दिन कद्दाफिको शासनबाट हटेको सार्वजनिक गरेको छ। श्री एशटोनले प्रवक्ताको एउटा वक्तव्यमार्फत लिबिया सरकारका अन्य पदाधिकारीलाई यस्तो गर्न प्रेरित गर्नुभएको छ।