अफगानिस्तानका राष्ट्रपति हामिद कार्जाइले आज राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनमा अट्ठाईस तारिख राती अफगानिस्तानमा तैनाथ नेटोको अन्तर्राष्ट्रिय सुरक्षन सहायता सेनाले गरेको वायु आक्रमणमा जनसाधारणको मृत्यु भएको दुर्घटनाको कडा निन्दा गरी नेटाको सेनाको वायु आक्रमण बन्द गर्न अनुरोध गर्नुभएको छ।
अफगानिस्तानका सरकारी विभागले जनाएअनुसार, अट्ठाईस तारिख राती नेटोको सेनाले दक्षिणी अफगानिस्तानको हेल्मान्द प्रान्तमा गरेको वायु आक्रमणमा चौध जना महिला तथा बाल-बालिकाको ज्यान गएको थियो।