– वीरेन्द्र केसी
अर्घाखाँची – विद्यालय साचालनका लागि गाउँलेले ज्याला मजदुरी र भैसी बाख्रा बेचेर चन्दा दिएका छन । गाउँमा साचालन गरिएको उच्च मावि आर्थिक अभावमा बन्द हुने अवस्था आएपछि गाउँलेले सामुहिक रुपमा आर्थिक सहयोग गरेका हुन ।
जिल्लाको सवैभन्दा ठुलो र दुर्गम सिद्धारा गाविसमा साचालन भएको जनजागृती उच्च माविलाई गाउँका सामान्य किसानले समेत आफनो घरको गाई भैसी बाख्रा कुखुरा अन्न देखी ज्याला मजदुरी गरेर ल्याएको पैसा स्कुललाई चन्दा दिएका छन उच्च मावि आर्थिक सहयोग संकलन समितिका संयोजक माधव पौडेलले भने गरिब किसानले पनि सोचे भन्दा धेरै सहयोग गरेका छन । जिल्लाको दक्षिणी भेगमा पर्ने सिद्धारा भौगोलिक हिसाबले अत्यन्तै दुर्गम गाविस मानिन्छ । आर्थिक संकलन अभियान चलाएको हप्ता दिन भित्रै सात लाख भन्दा बढी रुपैयाँ संकलन भएको उनले बताए ।
११ र १२ कक्षा साचालन भएको दुई वर्षमै आर्थिक अभावले बन्द हुने अवस्था आएपछि चन्दा संकलन गर्न लागिएको पौडेलको भनाई छ । चन्दा लिदाँ पाँच हजार भन्दा थोरै लिएका छौनौ उनले भने विद्यालयको यस्तो समस्या थाहा पाएपछि धेरै टाढाबाट पनि फोनबाटै आर्थिक सहयोगको वचन दिएका छन । अहिलेसम्म पाँच हजार दिने १ सय १५ जना पुगेको र ५० हजारसम्म दिने दुई जना रहेको उनले बताए । भौगोलिक बनाबट ठुलो र वस्ती छरिएर रहेकाले एक गाउँबाट अर्काे गाउँ जान घण्टै समय लाग्ने भएकाले उच्च मावि पढनको लागि विद्यार्थीहरु छ सात घण्टाको पैदल हिडेर आउने गर्छन ।
आफना छोराछोरीलाई उच्च शिक्षा पढाउने विद्यालयको लागि ज्यालादारी गरेर ल्याएको ५ हजार ५ सय ५५ रुपैयाँ विद्यालयलाई चन्दा दिए लिसीकुनाका चोलानाथ बेल्वासेले भने उच्च मावि बन्द भयो भने छोराछोरी उच्च शिक्षा पढनबाट विाचत हुन्छन हामिजस्ता गरिब मान्छेले बाहिर पठाएर पढाउन सकिदैन । उच्च मावि हाम्रा ठुलो सम्पत्ती हो अर्का स्थानीय डिलाराम पौडेलले भने एक छाक भोकै बसेर भएपनि विद्यालय जोगाउँछौ । विद्यालय साचालनको लागि संकट भएको थाहा पाएपछि जिल्लामा आएर काठमाडौका दिलिप बेल्वासेले ५१ हजार १ सय ५१ रुपैयाँ र पुर्व विद्यार्थी पुस्करनाथ बाजाडेले ५० हजार रुपैयाँ संयोजक पौडेललाई दिए ।
आफनो जन्मभुमि छाडेको २८ वर्षपछि आफुले भुईमा बसेर पढेको विद्यालय अहिले उच्च मावि साचालन भएको र थप साचालनको लागि सहयोग पुगोस गरिब गाउँका विद्यार्थीले सहजै रुपमा उच्च शिक्षा पढनमा सहयोग पुगोस भनेर आफनो स्वर्गीय बुवा जीवलालको सम्झनामा सहयोग स्वरुप उक्त रकम दिएको दिलिपले बताए । दुर्गम गाउँमा राज्यको ध्यान पुग्न नसकेको र जिल्लामा करोडौ रुपैयाँ बजेट बाँडिदा पनि यो गाविसलाई स्कुल देखी हरेक विकास निर्माणका कामलाई राजनीतिक दल र सरकारले पछाडी पारेको गाउँलेको गुनासो छ । छोराछोरीले उच्च शिक्षा पढाउनको लागि गाउँलेले रकम उठाएर ११ र १२ कक्षा साचालनमा ल्याएका थिए ।
जिल्ला शिक्षा कार्यालय र सरकारले केही सहयोग नगरेपछि उच्च मावि चलाउन धै-धै परेको हो । आर्थिक सहयोग संकलन समितिले पाँच हजार भन्दा थोरै चन्दा नलिने निर्णय गरेको थियो । पाँच हजार चन्दा दिने चन्दादाताको नाम स्थानीय रेडियोबाट प्रशारण गर्ने र ताम्रपत्रमा नाम राख्ने भनेपछि चन्दा दिनेको सख्या बढेको संयोजक पौडेलको भनाई छ । दुर्गमको विद्यालयमा यसरी चन्दा लिनेको ओईरो लागेको यो पहिलो पटक हो ।
उच्च मावि सचालनको लागि शिक्षकलाई तलव भत्ता मसलन्द लगायत खर्च गरि मासिक ६५ हजार रुपैयाँ भन्दा बढी खर्च हुने गरेको छ । स्कुललाई जोगाराख्न पर्छ भन्ने विकट गाउँका वासिन्दालाई पनि धेरै चेतना रहेछ उच्च माविका प्राचार्य रोमाखर बाजाडेले भने सामान्य गरिबले पनि पाँच हजार चन्दा दिएर सहयोग गरे । उनले यो उत्साहपुर्व जम्मा भएको रकमले उच्चमावि साचालनका लागि ठुलो सहयोग मिलेको बताए । उच्च मावि सचालन गर्न नसकिने भएपछि विद्यालयले सर्वसाधारणसँग चन्दाको लागि आव्हान गरेको थियो उनले भने चन्दा दिनेको ओईरो लागेको छ ।