मन्त्रीद्धारा अर्घाखाँचीका गाउँ गाउँमा अन्तरकि्रया

 

– शोभाखर पन्थी

अर्घाखाची जेठ २७   ।   मन्त्री र सभासदहरु केन्द्रमुखी भएको आलोचना भइरहेको समयमा सरकारका एक मन्त्री भने आफ्नो गृह जिल्लाको गाउ गाउमा पुगेर जनताले भोग्नु परेका  समस्या र विकास निर्माणका बारेमा छलफल गर्न थालेका छन ।

संबिधान सभाको निर्बाचनमा अर्घाखाँची जिल्लाको क्षेत्र नं. १ बाट बिजयी भएका भौतिक योजना तथा निर्माण मन्त्री टोप बहादुर रायमाझी २ दिन देखी जिल्लाको गाउँ गाउँमा पुगेर विकास निर्माण र जनताले भोग्नुपरेका समस्याको बारेमा छलफल चलाउदै आएका छन ।

मन्त्री रायमाझीले  जिल्लाको खन खनदह अर्घातोष मरेङ भगवती छत्रगंन्ज केरुगा बल्कोट चिदिका पाली लगायतका गाविसमा पुगेर जनता सँग प्रत्यक्ष अन्तरकि्रया गरेका हुन । 

गाँउ गाँउमा पुगेका मन्त्री रायमाझी सँग स्थानिय बासिन्दाहरुले दिगो शान्ती र संविधानको माग गरेका थिए । उनीहरुले गाउको विकासमा जोडदिन माग गर् दै सडक खानेपानी विधुत र शिक्षाको विकासको लागी मन्त्रीको ध्यानाकार्षण गराए ।

 
जनताहरु सँगको अन्तरकि्रयामा मन्त्री रायमाझीले शान्ती र संविधान निर्माणको कुनै विकल्प नभएको बताउदै ५ बुदे सहमतीको कार्यान्वयन सँगै मुलुकका सबैखाले समस्याहरु समाधान हुने बताए । 

उनले जिल्लाको बिकासका लागी आफुले कुनै कसर बाँकी नराख्ने बताउदै अब कुरा भन्दापनि काम गरेर देखाउने समय आएको बताए । मन्त्री भएपछि दोस्रो पटक गृह जिल्लामा आएका मन्त्री रायमाझीलाई गाँउ गाँउमा भेला भएका जनताले फुलमाला र अविर लगाएर स्वागत गरेका थिए ।

     

अन्य समाचारहरु