विश्वव्यापी एड्सबिरुद्धको सहकार्यमा अन्तर्राष्ट्रिय शान्तिकामी व्यक्तिहरुको उच्च स्थान रहेको : राष्ट्रसंघका महासचिव

संयुक्त राष्ट्रसंघले एड्स निवारण र उपचारका लागि एक हजार पाँच सय जना अन्तर्राष्ट्रिय शान्तिकामी व्यक्तित्वहरूलाई हालै प्रशिक्षण दिएको छ।

संयुक्त राष्ट्र संघका महासचिव श्री बान कि मुनले हिजो सात तारिखका दिन सुरक्षा परिषदमा उक्त कुरा बताउनुभएको हो।

राष्ट्र संघीय एड्स कार्यक्रम , संयुक्त राष्ट्रसंघ शान्ति संरक्षण मामिला विभाग र केही मुलुकहरुले शान्तिकामी व्यक्तिहरुले एड्सविरुद्ब जनचेतना बढाउनका लागि शान्ति सेनालाई प्रशिक्षित गर्दैआएका छन्।