विश्व बैँकले सार्वजनिक गरेको प्रतिवेदनअनसार, चालु वर्ष र आगामी वर्ष विश्व अर्थतन्त्र बेग्लाबेग्लै रुपमा तीन दशमलब दुई र तीन दशमलब छ प्रतिशतले वृद्धिहुने अनुमान छ।
अनुमानअनुसार, विश्व अर्थतन्त्रले निरन्तर रुपमा विकसित मुलुकको भन्दा विकासोन्मुख मुलुकको आर्थिक वृद्धिदर बढी कायम राख्नेछ।
साथै विश्व बैँकले चालु वर्ष र आगामी वर्ष चीनको आर्थिक वृद्धिदर बेग्लाबेग्लै रुपमा नौ दशमलब तीन र आठ दशमलब सात प्रतिशतले वृद्बि हुने अनुमान गरेको छ।