नेटोका लडाकू विमानले लिबियाको राजधानी ट्रिपोलीमा धेरै पटक बम प्रहार गरेका थिए। लिबियाका नेता मोआमार गद्दाफी बसेको स्थान बाब अलाजिजियामा मुख्य रुपमा बम आक्रमण भएको थियो।
सोही दिन लिबियाको टेलिभिजन स्टेशनले लिबियाका नेटा गद्दाफीको अडियो टेप प्रसारण गरेको छ। उहाँले आफूले कहिल्यै पनि आत्मसमर्पण नगर्ने कुरा व्यक्त गर्दै लिबियाका जनतालाई नेटोका सशस्त्र फौजसँग प्रतिरोध गर्न आव्हान् गर्नुभएको छ।