सरकारी सेनाले नेटोको एउटा हेलिकोप्टरमाथि गोली प्रहार गर्दा उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त

लिबियाको राष्ट्रिय टेलिभिजनले जनाएअनुसार, सरकारी सेनाले हिजै बिहान नेटोको एउटा सशस्त्र हेलिकोप्टरमाथि गोली प्रहार गर्दा खसेर दुर्घटनाग्रस्त भएको छ। तर नेटोले यस भनाइलाई अस्वकार गरेको छ।

लिबियाको सरकारी सेनाले हिजो लिटान क्षेत्रमा नेटोको सैन्य गतिविधिमा भाग लिने फ्रान्सेली हेलिकोप्टरमाथि गोली प्रहार गर्दा दुर्घटना ग्रस्त भएर खसेको हो। हालसम्म यो सरकारी सेनाबाट प्रहार गर्दा नेटाको विमान खसेको तेस्रो घटना भएको जनाइएको छ। तर उक्त टेलिभिजनले खसालिएको फ्रान्सेली हेलिकोप्टरको फोटो प्रसार गरेको छैन।

नेटोका साथै फ्रान्सको रक्षा मन्त्रालयले पनि यस भनाइ अस्वीकार गरेको छ।

उता सरकारविरोधी पक्षका प्रवक्ताले कसैले प्रहार गरेर नेटोको हेलिकोप्टर खसेको सूचना नपाइएको बताएको छ।