नेटोद्वारा लिबियामाथि गरिएको बम आक्रमणमा परी 12 जनाको मृत्यू

नेटोका लडाकू विमानहरुले निरन्तर रुपमा लिबियामाथि बम बर्षाएको छ । लिबियाको राजधानि त्रिपोलीको दक्षिण पश्चिमी भागमा पर्ने किक्ला शहरमा रहेको एउटा यात्रु-बस उक्त आक्रमणमा परेको थियो र 12 सर्वसाधारणको ज्यान जानुका साथै केही घाइते भएका छन्।

 


                    लिबियाको टेलिभिजन स्टेशनले सोही दिन सैनिक पक्षको समाचार उद्धृत गर्दै नेटोका लडाकू विमानहरुले त्रिपोलीभन्दा करिब 120 किलोमिटर दक्षिण पश्चिमी भागमा भयन्कर रुपमा बम वर्षाएका थिए। प्राप्त जानकारीका अनुसार किक्ला शहर गद्दाफी सेना र गद्दाफी विरोधी बीचमा भयन्कर लडाईं भएका ठाउँहरुमध्येको एक हो।