अन्तराष्ट्रिय आतंकवादी साजाल अलकायदाका सर्वोच्च नेतामा अयमन अल जवाहिरी चयन भएका छन् ।
अलकायदाले आज एक औपचारिक विज्ञप्ति जारी गरी ओसामा विन लादेनको मृत्यु पछि बरिष्ठ नेता जवाहिरीलाई लादेनको स्थानमा नियुक्त गरिएको जनाएको छ । गत मे महिनाको पहिलो सातामा अमेरिकी सेनाको हवाइ आक्रमणमा परि पाकिस्तानमा विन लादेन मारिएका थिए ।
लादेन मारिएपछि उनको स्थान रिक्त रहेको थियो । अलकायदाको सर्वोच्च नेतामा चयन भए लगत्तै जवाहिरीले अमेरिका र इजरायलविरुद्धको संघर्षलाई अझ थप शसक्त बनाएर लैजाने उद्घोष गरेका छन् । अलकायदाका जनरल कमाण्डरले एक इश्लामिक वेभसाइडमार्फत यसबारे जानकारी गराएका छन् । ओसामा विन लादेनको कार्यकालमा जवाहिरी दोस्रो तहका नेताको रुपमा काम गर्दै आएका थिए ।