मकवानपुरमा परेको चट्याङ लागेर ३ घरका पाँच जनाको मृत्यु

हेटौंडा  – मकवानपुरको फापरवारी- ५ बाख्रेडाँडामामा बिहीबार परेको चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ ।

गाउँका ३ घरमा एकैसाथ परेको चट्याङ लागेर ४४ वर्षीय मानबहादुर घलाङ, १४ वर्षीया दुधीमाया घलाङ, ११ वर्षीया बिबिमाया घलाङ, १० वर्षीय रणबहादुर लोचन र ५४ वर्षीय चन्द्रबहादुर तितुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर ७ जना घाइते भएका छन् । उनीहरुको फापरवारीस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । फापरवारी सदरकुकाम हेटौंडाबाट ४० किमि पूर्व पर्छ ।

चट्याङले घरहरुमा पनि सामान्य क्षति भएको प्रहरी नायव उपरीक्षक गौतमराज कट्टेलले जानकारी दिए । चट्याङ लागेर यस बर्षमात्र मकवानपुरमा १७ जनाको मृत्यु भएको छ ।