दलितवाट एक जना पनि गणक नबनाईएको भन्दै दलितहरुले आपत्ती

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची ३ असार । आज देखि शुरु भएको राष्टिय जनगणनामा अर्घाखाँचीमा एक जना पनि दलितवाट गणक नबनाईएको भन्दै दलितहरुले आपत्ती प्रकट गरेका छन् ।  

  कोहि नछुटौ कोहि नदोहोरिऔ भन्ने नाराका साथ देश ब्यापी रुपमा शुरु भएको राष्टिय जनगणनामा अर्घाखाँचीमा २ सय ६३ जना गणक मध्ये एक जना पनि दलितवाट गणक नबनाईएको भन्दै दलितहरुले आपत्ती प्रकट गरेका हुन् । 

 

  उनीहरुले जनगणनाको जिल्ला समन्वय समितिमा समेत दलितहरुलाई नराखिएको भन्दै आक्रोस ब्यक्त गरेका छन् । दलित महिला संघ अर्घाखाँचीले जनगणना २०६८ लाई सफल पार्न दलितको बास्तबिक तथ्यांक पाउनकालागि आज सन्धिखर्कमा गरेको अन्तरकि्रया कार्यक्रममा दलित संघ सस्थाका प्तिनिधिले यस्तो बताएका हुन् । 

 

  कार्यक्रममा जिल्ला जनगणना अधिकृत रामप्रसाद वाग्ले जिल्ला प्रशासन कार्यलयका गोबिन्दराज ज्ञवाली प्रहरी नायब उपरिक्षक बुद्धिराज गुरुंग राजमोका गोपाल पौडेल नेकपा एकिकृतका डिलाराम पाण्डे  पत्रकार महासंघका उपाध्यक्ष हिमबहादुर जिसि लेकाली सचिब प्रेमनारायण आचार्य लगायतले जनगणनाको बारेमा आ आफ्नो धारणा राखेका छन् ।

 

   कार्यक्रम दलित महिला संघका जिल्ला अध्यक्ष मिना नेपालीको अध्यक्षता  र राधा नेपालीको संचालनमा सम्पन्न भएको हो ।

 

 


अन्य समाचारहरु