पिटिएर छ शिक्षक बिस्थापित भई पुनस्थापना भएको एक महिना बित्न नपाउँदै अन्य तीन शिक्षकमाथि माओवादी आक्रमण

– कृष्ण आचार्य

गोरखा  – एकीकृत नेकपा  माओवादी आक्रमणबाट छ शिक्षक पिटिएर बिस्थापित भई पुनस्थापना
भएको एक महिना बित्न नपाउँदै यहाँका अन्य तीन शिक्षकमाथि माओवादीले आक्रमण गरेको छ

सदरमुकामबाट गएका माओवादी कार्यकर्ताले अश्राङका दुई शिक्षक र एक शिक्षक
अभिभावकलाई कुटपिट गरेका हुन् । बिहीबार साँझ माओवादी कार्यकर्ताको आक्रमणमा पर्ने
शिक्षकमा जनजागृति प्राविका शिक्षक निमप्रसाद भट्ट, नवजागृति चण्डी उच्च
माध्यमिकसंघका शिक्षक मोहमत ईसाद मियाँ र अभिभावक टेकराज पाण्डे रहेका छन् ।

दुई विद्यार्थी संगठनबीचको विवादको बिषयमा बार्ता गरेर बाहिर निस्कने क्रममा
उनीहरु सदरमुकामबाट गएका माओवदी कार्यकर्ताको कुटाईमा परेका हुन् । सदरमुकामबाट
यात्रुबाहक बस र एक मिनि ट्रकमा गएका माओवादी कार्यकर्ताले विद्यालय हातामा
शिक्षकमाथि आक्रमण गरिएको हो ।

आक्रमणमा परेका तीनै जना घाइते छन् । घाइते मध्ये पाण्डे टाउकोमा गम्भीर चोट
लागेको छ । चोट लागि चार वटा टाँका लगाइएका उनी गोरखा अस्पतालमा उपचार पछि काठमाडौं
जाने तयारीमा छन् ।

माओवादीले भने घट्नामा आफ्नो संलग्नता नभएको जनाएको छ । स्थानिय अभिभावकबीचको
झगडा भएको माओवादी जिल्ला सेक्रेटरी चुडामणि खड्काले बताए ।

घाइतेहरुले भने सदरमुकामबाट माओवादी कार्यकर्ता सीताराम रसाईली, रामचन्द्र पौडेल
र रमेश खनालको नेतृत्वमा ६०/७० कार्यकर्ताको उपस्थिति रहेको बताएका छन् ।