सन्धिखर्क मै खुल्ला आकाश मुनी बसेर पढन वाध्य छन बालबालिकाहरु

सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित एक प्राथमिक विधालयमा भौतिक पुर्वाधारको अभावले कक्षाकोठा नहुँदा बालबालिकाहरु खुल्ला आकाश मुनी बसेर पढन वाध्य भएका छन।

सन्धिखर्क- ९ स्थित बेहोरेमा रहेको श्री मन्जरी प्राथमिक विधालयमा पढने बालबालिकाहरु कक्षाकोठा र अन्य भौतिक पुर्वधारको अभावमा बासले बारेको र छानो नभएको खुल्ला ठाउँमा वर्षायामको झरी अनी चर्को घाममा बसेर पढन वाध्य भएका हुन। तर पनि अहिले सम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

कक्षा ३ सम्म पढाई हुने उक्त स्कुलमा जम्मा जम्मी विधार्थीको सन्ख्या १०० रहेको र जसमा छात्रा ६० र छात्र ४० रहेका छन । भने प्रधान्ध्यापक मिना नेपाली – प्र अ राहत कोटा, बालशिक्षिका राधा नेपाली, निजी स्रोत शिक्षिका पुष्पा नेपाली र परिचर सपना नेपाली रहेका छन ।

थाहा भए अनुसार उक्त विधालय सामुदायिक बनधारीचौर र क्लबको स्रोतमा सन्चालन भएको र जिल्ला बिकास समिती सन्धिखर्कबाट शुरुमा केही सह्योग भएपनि हाल कुनै थप सह्योग हुनसकेको छैन।

यसैगरी सन्धिखर्क देखि करिव २ किलोमिटर दुरीमा रहेको उक्त विधालयको प्रमुख समस्याहरु खानेपानी, फर्निचर, कक्षाकोठा, शौचालय लगायत छन । स्थानिय निकायसंग कयौ पटक पहल गर्दा पनि हाल सम्म कुनै आर्थिक, भौतिक सह्योग हुन नसकेको सो विधालय संचालक समितीका एक सद्स्यले बताए। 

                         

                                         Editor’s Note:  बाँकी तस्बिरहरु ( तस्बिर पेज ) मा गएर हेर्न सकिनेछ ।

     

अन्य समाचारहरु