संयुक्त राष्ट्र संघव्दारा बेग्लाबेग्लै गरी तालेवन र अल काइदा माथि कडा दण्ड दिइने

संयुक्त राष्ट्रको सुरक्षा परिषदले दुई वटा निर्णय-प्रस्ताव पारित गरी तालेवन र ” अल काइदा” माथि कडा दण्ड दिने निर्णय गरेको छ।

सोही दिन दिउंसो सुरक्षा परिषदले आतंकवादीबाट अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि त्रास-धम्की हुँदै आएकोले खुला सम्मेलनको आयोजना गरेको छ। त्यस अवसरमा सुरक्षा परिषदका पन्ध्र मुलुकहरुले एक मतोसाथ दुई वटा निर्णय-प्रस्ताव पारित गरी ” अल काइदा” र तालेवानका सम्बन्धित व्यक्ति र त्यसका समूदायमाथि पनि कडा दण्ड दिने जनाए।

दण्ड गर्ने पाइलाहरुमा तिनीहरुको पूँजी रोक्ने, यात्रालाई सीमित पार्ने र अस्त्रको ढुवानीलाई निषेध गर्ने आदि कुराहरु समावेश छन्। थाहा भएअनुसार दण्ड दिने नामावलीमा एक सय अडतीस जना तालेवानी तथा र दुइ सय त्रीपन्न ” अल काइदा सदस्य” राखिएको छ।