– कृष्ण खनाल
बुटवल ७ असार । पछिल्लो समयमा गरेर सिक्ने र सिकाउने मन्टेश्वरी पद्धती प्रभावकारी बन्दै गएको छ । छोटो समयमा नै मन्टेश्वरी पद्धतीबाट पढाई हुने विद्यालयमा भर्ना गरिका बालवालीका मा आएको परिर्वतनका कारण यो पद्धती लोकप्रीय बन्दै गएको अभिभावहरुको भनाई छ ।
बुटवल ९ दिपनगर का ४ बर्षिय विबेक थापालाई केहि महिना अघि आफ्ना अभिभावकले विद्यालय पठाउनको लागी सार् है मुस्कील पर्ने गर्दथ्यो । तर अहिले उनी विद्यालय जाने समय भयो की आफै विद्यालय पोसाक लगाउन थाल्दछन । कारण पहिलो एक सरकारी विद्यालमा आफ्ना दिदी संग पठाउने गरेका उनका अभिभावक सरकारी विद्यालय मा केहि महिना पढाएपछी एक निजी विद्यालयको मन्टेश्वरी शिक्षा पद्धतीबाट पढाई हुने विद्यालयमा भर्ना गरिदिए पछी उनी नियमित रुपमा खुसीका साथ विद्यालयमा जाने गरेका छन । पछिल्लो समयमा गरेर सिक्ने लनिङ्ग एण्ड डुईङ्ग पद्धतीको रुपमा विकास भएको मन्टेश्वरी कारण उनी जस्ता सयौ वालवालिका विद्यालयमा जानको लागी उत्साहीत देखिन्छन मनोराजनात्मक शिर्जनात्मक र प्रयोगात्कम रुपमा पढाई गर्ने पद्धती को कारण अहिले अभिभावकहरुले समेत आफ्ना वालवालिकाहरुलाई मन्टेश्वरी कक्षा मा भर्ना गरिदिने गरेका छन । मन्टेश्वरी कक्षामा भर्ना गरिदिएको कारण आफ्नो बालबालीकाले धेरै कुरा सिकेको अभिभावको अनुभव छ । खै पहिला केहि पनी जान्दैनथ्यो मन्टेश्वरी स्कुलमा भर्ना गरिदिएपछी त यसले त राम्रो संग पढेको छ विवेक की भनाई हो यो ।
बुटवल र यस आसपासका केहि विद्यालयमा मन्टेश्वरी पद्धती अनुसार पढाई नहुने गरेको भए पनी अधिकासं निजी विद्यालयहरुले मन्टेश्वरी पद्धतीमा पढाई भईरहेको छ । अहिले निजी विद्यालयको सिको गरेर सरकारी विद्यालयहरुले समेत मन्टेश्वरी शिक्षा पद्धती लागु गर्न थालेका छन । बुटवलमा मन्टेश्वरी प्रोगा्रमको नाम दिई बालबालीका लाई मन्टेश्वरी शिक्षा प्रदान गदैै्र आएको बुटवलको एक उच्च मावि अक्सफोर्ड उच्च मा वि की मन्टेश्री शिक्षा संयोजक रिता पाण्डेले बाललालिकाहरुलाई प्रत्यक्ष रुपमा विभिन्न कि्रयाकलापमा सहभागी बनाएर सिकाउने माध्यम मन्टेश्वरी शिक्षा पद्धती भएको बताईन । पुरानो गुरुकुल र घोकन्ते शिक्षा भन्दा केहि फरक पद्धतीको रुपमा भित्रीएको शिक्षा पद्धतीको कारण धेरै वालवालिकाको वौद्धिक विकासका टेवा पुगेको विज्ञको भनाइ छ । अक्फोर्ड मन्टेश्वरी प्रोग्राममा अहिले २ सय भन्दा बढी वालवालीका ले अध्यायन गरिरहेका छन । वि।स।२०६७ सालमा स्थापना भएको मन्टेश्वरी कार्यक्रमका कारण अभिभावहरुमा समेत थप उत्साह थपेको र मन्टेश्वरी कार्यक्रम अन्र्तगत अध्ययन गरेका वालवालीका अन्य बालवालिकाहरु भन्दा ट्यालेन्ट भएका अभिभावकको प्रतिकि्रया रहेको रीता पाण्डेको भनाई छ । डुईङ्ग एण्ड लर्निङ्ग सिद्धान्तमा आधारीत भएर शिक्षण गरिने पद्धतीको कारण बालवाललिका ले छिटो सिक्ने गरेको मन्टेश्वरी पद्धतीबाट पढाइरहेका शिक्षीकाहरुको भनाइ छ ।
पछिल्लो समयमा मन्टेश्वरी शिक्षा प्रदान गर्ने विद्यालयको संख्या थपिदै जादा यस क्षेत्रमा तालिम प्रदान गर्ने संघ संस्थाहरु पनी थपिदै गएका छन । बुटवल मा करिव एक दर्जन मन्टेश्वरी तालिम दिने संस्थाहरु खुलीसकेका छन । त्यस्तैमा एक हो मारिया मन्टेश्वरी टेडिङ सेन्टर । बुटवलको कालिका नगरमा स्थापीत यस्ले अहिले सम्म सयौ शिक्षक शिक्षीकाहरुलाई तालिम प्रदान गरिसकेको छ ।