अमेरिकाको सञ्चार माध्यमले जनाएअनुसार अमेरिकी राष्ट्रपति बाराक ओबामाले 22 तारिख औपचारिक रुपमा अफ्गानिस्तानबाट अमेरिकी सेनालाई हटाउने योजना सम्बन्धमा सम्बोधन गर्नुहुने सम्भावना रहेको छ।
द वाशिङ्गटन पोस्टले हिजो अमेरिकी पदाधिकारीको भनाइलाई उद्धृत गर्दै हाल श्री ओबामाले यस जुलाइमा अफ्गानिस्तानबाट हटाउने अमेरिकी सेनाको ठोस संख्याको विचार गरिरहेको र यस 22 तारिखमा अन्तिम निर्णय गर्ने र यस जुलाइदेखि सन् 2012को अन्तसम्ममा अफ्गानिस्तानबाट सेना हटाउने सम्झौता सार्वजनिक गर्नुहुने योजना रहेको छ।
सम्बन्धीत टिप्पणीकर्ताका अनुसार अमेरिकी सरकारभित्र विविध धारणा भएको कारणले यस सेना हटाउने योजना हालसम्म निश्चित भएको छैन।