अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफ्गानिस्तानबाट सेना हटाउने अन्तिम निर्णय गर्नुभएको छ। उहाँले आज अमेरिकी टेलिभिजनमा भाषण दिएर उक्त निर्णय घोषणा गर्नुभएको छ।
अमेरिकाका संचार माध्यमले जनाएअनुसार श्री ओबामाले चालु वर्षको अन्तअघि अफ्गानिस्तानबाट 10 हजार सेना फिर्ता गर्ने र आउने वर्षको अन्तअघि 20 हजार सेना पुनः फिर्ता गर्ने कुराको घोषणा गर्नुभएको छ।