मस्को समय अनुसार जुन एकाइस तारिख बेलुका छ बजेर अढतीस मिनेट जाँदा रुसको “प्रगति एम-एघार एम” नामक मालवाहक अन्तरिक्ष यान कजाकिस्तानमा अवस्थित बाइकोनुर प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको छ। यो चालू वर्ष रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतर्फ प्रक्षेपण गरेको तेस्रो मालवाहक अन्तरिक्ष यान हो। त्यसले अन्तरिक्ष स्टेशनमा दुइ दशमलब छ टन भारीको विविध सामान पुर्याउनेछ।
रुसको स्थल उडान केन्द्रका अनुसार, उक्त मालवाहक अन्तरिक्ष यान आकाशमा नौ मिनेट उडेपछि “सँघीय रुस-यु” नामक केरियर रकेटबाट छोडेर पुर्वनिर्धारित कक्ष बमोजिम उडेको छ। अहिलेसम्म यस अन्तरिक्ष यानको अवस्था सामान्य छ।