रुसद्वारा राष्ट्रिय प्रतिरक्षात्मक युद्धको 70औं वर्षगाँठको सम्झना

            रुसको राष्ट्रिय प्रतिरक्षात्मक युद्ध भएको 70औं वर्षगाँठको सम्झना दिवस हो।रुसका विभिन्न ठाउँले विभिन्न खालको गतिविधिको आयोजना गरी युद्धमा सहादत प्राप्त गरेका बीर सैनिकहरु र मृतक सर्वसाधारणप्रति श्रद्धान्जलि अर्पण गरेका छन्।

सोही दिन रुसी राष्ट्रपति दमिट्री मेदभेदेभ र प्रधानमन्त्री भ्लादिमिर पुटिन आदि नेतागणले क्रम्लिन दरबार नजिकै अवस्थित एलिक्जान्दर बगैंचामा अज्ञात बीर सैनिकहरुका समाधिस्थलमा पुष्प अर्पण गर्नुभएको थियो। त्यसपछि राष्ट्रपति दमिट्रीले अनाफा,कोल्भिनो आदि तीन वटा शहरलाई “सैनिकको मानार्थ शहर”नामक मानार्थ नाम घोषणा गर्नुभएको छ।

रुसबाहेक, राष्ट्रिय प्रतिरक्षात्मक युद्ध भएको 70औं वर्षगाँठको सम्झना गर्न बेला रुस, युक्रेनलगायत मुलुकले पनि विविध कार्यक्रमको आयोजना गरेका छन्।