अर्घाखाँचीलाई प्रदेश राजधानी जोड्ने गच्छे -भालुवाङ्ग सडकखण्डमा कालोपत्र गर्ने कार्य सुरु ।
अर्घाखाँचीलाई प्रदेश राजधानी जोड्ने गच्छे -भालुवाङ्ग सडकखन्डमा कालोपत्र गर्ने कार्य सुरु ।
-केशबराज ज्ञवाली , अर्घाखाँची डट्कम।
अर्घाखाँची – अर्घाखाँचीलाई लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्ग संग जोड्ने सडकको गच्छे – भालुवाङ्ग सडक अन्तर्गतको गच्छे- ढिकुरा खन्डमा कालो पत्रे कार्य सुरु गरिएको छ ।
यी खण्डमा बिभिन्न बाल , नाली , ढलान लगायतका स्तरोन्नती गरि गच्छे बजारबाट ८ किलोमिटर सडकको कालो पत्र गर्ने जिम्मा पाएको अम्मर निर्माण सेवा निर्माण कम्पनिले गच्छे बाट कालोपत्र गर्न सुरु गरेको हो ।
लुम्बिनी प्रदेश सरकारको गौरबको आयोजना रहेको उक्त सडकलाई जति सक्यो छिटो सम्पन्न गर्ने उदेस्य राखिएको जिल्ला सडक पुर्वाधार कार्यालय अर्घाखाँचीले जनाएको छ ।
तत्कालको लागि गत बर्ष नै ठेक्का लागेको ८ किलोमीटर सडकको कालोपत्र गर्ने कार्य २०८३ असार मसान्त सम्म सकिने पनि कार्यालयले बताएको छ ।
यो सडक समयमानै निर्माण कार्य सम्पन्न भएमा अर्घाखाँची बाट प्रदेश राजधानी पुग्न धेरै सहज हुने स्थानियहरुको भनाइ रहेको छ ।
सन्धिखर्क -७ को गच्छे बजारबाट अर्घाखाँची र प्युठानको सिमा लामाताल सम्म यस सडकको लम्बाइ जम्मा ४७ किलोमीटर रहेको छ । उता लामातालमा पनि रोकिएको पक्की पुलको निर्माण कार्य सुचारु भएको छ ।
थप तस्बिर: अर्घाखाँची डट्कम।